अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चिढिएको चीनले अहिले ताइवानको सीमाक्षेत्रमा सैन्य अभ्यास गरिरहेको छ । अभ्यासका क्रममा बिहीबार चीनले ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रहार गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले यो क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको हो ।
दुई करोड २० लाख मानिसको बसोबास रहेको टापु राष्ट्र श्रीलंका अहिले गम्भीर आर्थिक संकटको भुमरीमा फसेको छ । देश पूर्ण रुपमा टाट पल्टिने अवस्था आएपछि त्यहाँका जनता सत्तारुढ पार्टी र राजनीतिक नेताहरूविरुद्ध सडकमा ओर्लिएका छन् । अहिले श्रीलंकाको राष्ट्रपति पदमा गोटाभाय राजापाक्ष आसीन छन् भने प्रधानमन्त्री महिन्दा राजापाक्ष छन् । उनीहरू दुईजना दाजुभाइ हुन् । राष्ट्रपति गोटाभाय भाइ हुन् भने महिन्दा दाजु हुन् ।
बेलायतमा कोरोना भाइरसको संक्रमण नघटे पनि ओरोलो लाग्दै गरेको तथ्यांकले देखाएका छन् । निकै संक्रामक मानिएको डेल्टा भाइरस कोरोनाविरुद्धको खोप र स्वास्थ्यका मापदण्ड अपनाएमा कम हुने वैज्ञानिक तथा चिकित्सकले विश्वास व्यक्त गरेका छन् ।
अफगान सरकार तथा तालिवान विद्रोही समूहबीचुको पहिलो प्रत्यक्ष शान्तिवार्ता कतारको राजधानी दोहामा शनिबार सुरु भएको छ । वार्ताको उद्घाटन सत्रमा उपस्थित हुन दोहा पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले दुई पक्षबीचको वार्तालाई ‘ऐतिहासिक’ भनेका छन् ।
उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको स्वास्थ्य अवस्थाबारे विभिन्न हल्ला फैलिइरहेका बेला उनले प्रयोग गर्ने रेलको स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या लगातार बढ्दै गएपछि उपचारमा संलग्न विश्वका कतिपय देशका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच (पीपीई) अभाव भएको छ ।
लन्डन– क्रिकेटमा दक्षिण एसियाका छिमेकीद्वय भारत र पाकिस्तान भिड्नुपर्छ, त्यसको मज्जा नै बेग्लै हुन्छ । कुनै समय एकै देशका रुपमा थिए, यी दुई । पछि छुटिएका थिए । त्यसको राजनीतिकदेखि सामाजिक बाछिटा अझै पनि यी दुई देश भिड्दा मैदानमा देखिन्छ ।