मतदान गर्न गएका एकको मृत्यु

कान्तिपुर संवाददाता

काभ्रे — बनेप-४ स्थित चण्डेश्वरी मावि मतदात केन्द्रमा मतदान गर्न गएका ८२ वर्षीय कृष्ण कर्माचार्यको मृत्यु भएको छ ।

मतदानस्थल छिरिसकेपछि ढलेका उनलाई मतदानस्थलमा नै जोडिएको घर पुर्‍याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए । प्रत्यक्षदर्शी निर्मला श्रेष्ठका अनुसार, मतदानस्थलभित्र सिढी चढ्ने क्रममा गाह्रो भएपछि आराम गरेका कर्माचार्य सोही स्थानमा ढलेका थिए । ढलेको २ मिनेटमा उनको मृत्यु भएको हो ।