प्रदेश नम्बर २ मा ९ वटा स्थानीय तह थपिँदै, स्थानीय तहको संख्या ७५३ पुग्यो

धेरै गाउँपालिका नगरपालिकामा परिणत
राजेश मिश्र

काठमाडौं — सर्वोच्च अदालतले बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै उक्त प्रदेशमा ९ वटा थपिएर स्थानीय तहको संख्या १ सय ३६ पुग्नेछ । देशभर कुल स्थानीय तहको संख्या ७४४ बाट बढेर ७५३ हुनेछ ।

सर्वोच्च अदालतले बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै उक्त प्रदेशमा ९ वटा थपिएर स्थानीय तहको संख्या १ सय ३६ पुग्नेछ । देशभर कुल स्थानीय तहको संख्या ७४४ बाट बढेर ७५३ हुनेछ । 

स्थानीय तह पुन: संरचना आयोगले प्रतिवेदन बुझइसकेपछि मधेसी दलकै दवाबमा प्रदेश नम्बर २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि हुँदैछ । यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुन: संरचना प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएको थियो । यतिबेला ९ वटा थपिँदै छन् ।  

प्रदेश नम्बर २ हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगर सहित ७७ नगरपालिका हुनेछन् ।