यसरी च्यातियो मतपत्र: एसपी दीपक थापाको बयान

विमल खतिवडा

चितवन — चितवनको भरतपुर महानगरपालिकाको अन्तिम मत परिणाम आउने समयमा आइतबार मतपत्र च्यातिएपछि गणना रोकिएको छ । राति ११ बजेर ४५ मिनेटमा माओवादीका २ कार्यकर्ताले मतपत्र च्यातेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको अन्तिम मत परिणाम आउने समयमा आइतबार मतपत्र च्यातिएपछि गणना रोकिएको छ । राति ११ बजेर ४५ मिनेटमा माओवादीका २ कार्यकर्ताले मतपत्र च्यातेको प्रहरीले जनाएको छ । 

वडा नम्बर १९ को २४ सय मतगणनाको क्रममा अचानक मतपत्र च्यातिएपछि झडपको भएको थियो । प्रहरीले मतपत्र च्यात्ने द्रोण शिवाकोटि र मधु न्यौपानेलाई नियन्त्रणमा लिएको छ । अप्रिय घटना घट्न नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा मतगाणनास्थलमा परिचालन गरिएको थियो ।
 
२ वटा वडाको मत गणना बाँकी थियो । २ हजार ८ सय ६० मत रहेको १९ नम्बर वडाको गणना अन्तिम हुन लाग्दा मतपत्र च्यातिएको हो । गणनास्थलमा रहेकाहरुका अनुसार ३० देखि ४० मतपत्र च्यातिएको अनुमान गरिएको छ । २० नम्बर वडाको गणना हुन सकेको छैन । एमालेले गणना सुचारु गर्न र कांग्रेसले नियम अनुसार मत पत्र च्यातिएकाले पुन उक्त वडामा मतदान गर्नुपर्ने माग गरको छ । 
माओवादी केन्द्रले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । अहिले गणनास्थललाई शिल गरिरएको छ । प्रहरीले गणनास्थललाई घेरा हालेर राखेको छ । मत गणनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी दीपक थापा आफैं खटिएका थिए । उनले मतपत्र च्यात्नेलाई तत्काल नियन्त्रणमा लिएको बताए ।