गोरखा नगरमा कांग्रेसका मेयर उपमेयर विजयी
गोरखा — गोरखा नगरपालिकाको मेयर र उपमेयर पदमा कांग्रेसका उमेदवार विजयी भएका छन् ।कांग्रेसका राजनराज पन्त ६५६० मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण रानाले ५०२६ मत ल्याए ।
गोरखा नगरपालिकाको मेयर र उपमेयर पदमा कांग्रेसका उमेदवार विजयी भएका छन् ।
कांग्रेसका राजनराज पन्त ६५६० मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण रानाले ५०२६ मत ल्याए ।
उपमेयरमा कांग्रेसकै बिना श्रेष्ठ विजयी भइन् । उनले ६२६० मत प्राप्त गरेकी हुन् भने उनको प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले ४७०५ भोट ल्याइन् । शसस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट घाइते बनाइएका पन्त कांग्रेसका पूर्व नगर सभापति हुन् । श्रेष्ठ महिला संघमा आबद्ध थिइन् ।
१४ नगरपालिका रहेको गोरखा नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६, ८, ९ र १२ नम्बरमा वडा अध्यक्ष पनि कांग्रेसले जितेको छ । वडा नम्बर ३, १०, १४ एमाले र ७, ११ र १३ नम्बर वडामा माओवादीले जितेको हो । २७ हजार ५ सय ६० मतदाता थिए । यसअघिको स्थानीय निकायको चुनावमा गोरखा नगर एमालेले जितेको थियो ।