प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द

सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त
कान्तिपुर संवाददाता

काठमाडौं — लामो विवादपछि अन्तत: सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको हो ।

लामो विवादपछि अन्तत: सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए ।
चन्द वरीयतामा नवराज सिलवाल र प्रकाश अर्यालपछि तेस्रो नम्बरमा थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि सिलवालकै पक्षमा रहे पनि कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा चन्द आईजीपी नियुक्त भएका हुन् ।
 
चन्दको जन्म बाबु दौलत चन्द र आमा जयन्तीको कोखबाट २०२१ सालमा वैतडीको घुनेली गाविस– ७ मा भएको हो । चार दाजुभाइमध्ये उनी माइलो हुन् । 

२०४४ सालमा इन्स्पेक्टरबाट चन्दले प्रहरी सेवा सुरु गरेका थिए ।

बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।