२८ तस्बिरमा हेर्नुहोस् समृद्ध मध्यपश्चिम

कान्तिपुर संवाददाता

काठमाडौं — पर्यटनको प्रचुर सम्भावना भएको विकास क्षेत्र हो मध्यपश्चिम । सम्भावना भएरपनि पर्यटकहरुको रोजाइमा कमै पर्छ- मध्यपश्चिम । चाहे त्यो नेपालको सबैभन्दा गहिरो ताल रारा होस् या सबैभन्दा ठूलो ताल से फोक्सुन्डो ।

पर्यटनको प्रचुर सम्भावना भएको विकास क्षेत्र हो मध्यपश्चिम । सम्भावना भएरपनि पर्यटकहरुको रोजाइमा कमै पर्छ- मध्यपश्चिम । चाहे त्यो नेपालको सबैभन्दा गहिरो ताल रारा होस् या  सबैभन्दा ठूलो ताल से फोक्सुन्डो ।

धेरै पाटन क्षत्रे भएको खप्तड होस् या  खस भाषाको उद्गम थलो सिञ्जा । कर्णालीको एक खम्बे पुल होस् या नेपालकै अग्लो ठाउँमा रहेको सदरमुकाम सिमकोट होस् । सधैंभरि बलिरहने दैलेखको ज्वाला होस् या बाजुरको बडिमालिका होस् ।

बाघ र कृष्णसारहरूको बासस्थान बर्दिया राष्ट्रिय निकुञ्ज होस् या मार्सी धान उत्पादनमा प्रख्यात ठाउँ जुम्ला । अनि हिमाली भेगदेखि तराइसम्म पर्ने विकास क्षेत्र पनि हो मध्यपश्चिम । सुन्दर हिमालदेखि समथर तराईका फाँट पनि यही विकास क्षेत्रमा देख्न सकिन्छ । लामाहरुको संस्कृतिदेखि थारुहरुको संस्कृति पनि यही अवलोकन गर्न पाइन्छ ।

तर यति धेरै पर्यटनको आकर्षण हुँदाहुँदै पनि ओझेलमा परेको छ- मध्यपश्चिम । यही ओझेलमा परेको मध्यपश्चिमलाई समृद्ध बनाउन लागेका छन् फोटोपत्रकार भरतबन्धु थापा ।

उनै फोटोपत्रकार थापाले मध्यपश्चिमका विभिन्न जिल्ला घुमेर आकर्षक फोटो खिचेका छन् । हेरौं तस्बिरमा समृद्ध मध्यपश्चिम :