३४ युवालाई प्रतीभा पुरस्कार

गणेश राई

काठमाडौ — सरकारले ३४ युवा प्रतीभालाई पुरस्कृत गरेको छ । युवा प्रतीभाको खोजी तथा प्रोत्साहनसम्बन्धी कार्यविधि २०७१ अनुसार पहिलोपटक तीन संस्था र ३४ युवालाई पुरस्कृत गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सोमबार राजधानीमा आयोजित समारोहमा पुरस्कृतलाई जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेका हुन् ।
पुरस्कृत हुनेमा अल्ट्रालाइट निर्माणकर्ता लमजुङका रदी मियाँ, पारामोटर हेलिकोप्टर निर्माता धनुषाका सञ्जय यादव र दिपक शर्मा, मातृभाषा र संस्कृति प्रवद्र्धन अभियनता ओखलढुंगाका उत्तमकुमार सुनुवार छन् । त्यसैगरी अपाङ्ता भएकी कार्यक्रम सञ्चालिका काभ्रेकी कमला श्रेष्ठ, एउटा खुट्टाको भरमा नृत्य प्रदर्शन गर्ने सुनसरीकी रोमा न्यौपाने, बाढीमा चार बालबालिका बचाएर साहसीक कार्य गरेकी बर्दियाकी कालिका घर्ती, पृथ्वीको गुरुत्वबलबाट बिजुली निकाल्न अनुसन्धानरत ललितपुरका किशोर केसी, स्थानीय कच्चा पदार्थबाट विद्युत उत्पादन गर्ने सुर्खेतका कृष्णप्रसाद आचार्य, नेपालको झण्डासहित विश्वसाइकल यात्रा अभियन्ता मोरङका चित्र पौडेल, अल्पसंख्यकबाट चितवनका पदमबहादुर चेपाङ छन् ।
सर्लाहीका कलाकार शिवशंकर रिजाल (जोगिन्दर), अर्घाखाँचीका पत्रकार भेषराज बेलबासी पनि पुरस्कृत भए । कृषि तथा उद्यमअन्तर्गत चितवनकी झरना बराल, दैलेखकी कौशिला बिक, पर्वतका अमरबहादुर रोक्का, बाराकी सम्झना बिडारी, काभ्रेका सन्तोष सेढाई, झापाका आदित्य पराजुली, काभ्रेका प्रकाश गौतम, कास्कीका प्रकाश पालिखे, कन्चनपुरका प्रेमप्रकाश पाठक, गुल्मीकी अपाङ्गता भएकी कमला बुढाथोकी मगर छन् ।
अन्यमा ललितपुरका सचिन घिमिरे, सिरहाका महेश अर्याल, ललितपुरकै भगवती मैनाली, बझाङका लोकराज अवस्थी, झापाका अर्पण शर्मा, तनहँुका सुनिलकुमार परियार, महेन्द्रनगरका दिपेश धामी, धादिङका अर्जुन धरेल, काठमाडौंका सुदर्शन बजगाई, काठमाडौंकै रन्जनलाल श्रेष्ठ, मोरङका अभिषेक चौधरी र मोरङकै मूर्तिकार मन्जुल बराइली पुरस्कृत भएका छन् ।
त्यस्तै, अल्पसंख्यक चेपाङ समुदायको शिक्षा, स्वास्थ्य, सशक्तिकरणमा टेवा पुर्‍याउँदै आएको चितवनको मितेरी फाउन्डेसन, मकवानपुर हेटौंडामा लामो समयदेखि सडक बालबालिकाको उद्दार, शिक्षा, सामाजिकीकरण र समाजमा पुन:स्थापनामा काम गर्दै आएको मामाघर नेपाल र हेटौडामै रहेर असहाय, उपेक्षित वृद्धवृद्धा, बालबालिका र मानसिक रोगीलाई आश्रय दिंदैआएको मानव सेवा आश्रमलाई पुरस्कृत गरिएका छन् ।