दराज ११.११ सेल : ग्राहक अनुभवलाई प्राथमिकता दिने व्यवस्थापनको रणनीति

एडभर्टोरियल

दराज ११.११ सेल : ग्राहक अनुभवलाई प्राथमिकता दिने व्यवस्थापनको रणनीति

अमेजन लगायत कम्पनीहरूमा काम गर्दै स्विडेन, पोल्याण्ड, साउदी अरेबिया र इजिप्टमा नयाँ बजारहरू स्थापना गरेको अनुभवले उनको नेतृत्वलाई अझै बलियो बनाउँछ । उनै आँचल कुँवरसँग नजिकिँदै गरेको दराजको ठूलो अफरसहितको मेलाका रुपमा परिचित ‘दराज ११.११’ अभियानका तयारी र यसका लागि तयार परिएका रणनीतिबारे गरेका कुराकानीको सार प्रस्तुत गरेका छौं :

 

यस वर्षको दराज ११.११ सेल अभियानको तयारीमा कस्ता विशेष कदमहरू चाल्नुभएको छ ? यसपटकको प्रमुख प्राथमिकता के हो ?

दराज ११.११ हाम्रो वर्षकै ठूलो अनलाइन सेल अभियान हो, जसले ग्राहकहरूलाई ठूलो छुट, अफरहरू, र किफायती मूल्यमा सामान किन्ने अद्वितीय अवसर प्रदान गर्छ । यस अभियानमा हजारौं विक्रेता र वित्तीय साझेदारहरूको सहकार्य छ । यसले अभियानलाई अझ भव्य बनाउँछ । हाम्रो प्राथमिकता भनेको ग्राहकहरूलाई सहज, छिटो, र विश्वासिलो सेवा प्रदान गर्नु हो। यो वर्ष, माग बढ्ने भएकाले हामीले ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउन लजिस्टिक र जनशक्तिको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएका छौं ।

११.११ जस्तो ठूलो सेल अभियानमा सामानको समयमै वितरण गर्न दराजले कस्तो तयारी गरेको छ ?

११.११ को समयमा अर्डरको संख्या सामान्य दिनहरूभन्दा पाँच गुणासम्म बढ्ने गरेको छ । यो मागलाई उचित व्यवस्थापन गर्न, हामीले हाम्रो वितरण सञ्जाललाई अत्यधिक सबल तथा बलियो बनाएका छौं । वितरणका लागि आवश्यक पर्ने चार–पाङ्ग्रे गाडीहरूको संख्या चार गुणासम्म बढाएका छौं, जसले गर्दा सामानलाई चाँडो ग्राहकको घरसम्म पुर्‍याउन सजिलो हुनेछ । साथै, हामीले प्रमुख स्थानहरूमा, जस्तै : काठमाडौं उपत्यका, विराटनगर, बिर्तामोड, र धनगढीमा, वितरण केन्द्रहरू विस्तार गरेका छौं । यस्तो गर्दा विशेष गरी पीक समयमा, ग्राहकले सामान पर्खन नपर्ने अवस्थाको सुनिश्चितता प्राप्त हुन्छ ।

दराजले अर्डर सर्टिङ प्रक्रियामा सुधारका लागि के–कस्तो प्रविधि अपनाएको छ ?

दराजमा धेरै अर्डरको व्यवस्थापन गर्न “अर्ध–स्वचालित सर्टिङ प्रणाली” प्रयोग गरिएको छ । यस प्रविधिमा ‘सर्ट टू लाइट’ प्रणालीको प्रयोग गरेर सामानलाई गन्तव्यअनुसार छिटो सर्ट (वर्गिकरण) गर्न सजिलो हुन्छ । “सर्ट टू लाइट“ एक प्रकारको अटोमेटेड (स्वचालित) प्रणाली हो, जसले कर्मचारीहरूलाई अर्डरहरू छिटो छाँट्न मद्दत गर्छ । यसले दराजको सर्टिङ प्रक्रियालाई धेरै छिटो र प्रभावकारी बनाउँछ, जसले गर्दा ग्राहकले समयमै आफ्नो सामान प्राप्त गर्न सक्नेमा हामी विश्वस्त छौँ । 

 

११.११ को तयारीका लागि ग्राहक सेवा टोलीलाई कसरी व्यवस्थित गर्नुभएको छ ? 

ग्राहकलाई छिटो र प्रभावकारी सहयोग उपलब्ध गराउनका लागि हाम्रो ग्राहक सेवा (सीएक्स) टोलीलाई थप बलियो बनाएका छौं । यसका लागि नयाँ सदस्यहरूको नियुक्ति गरेका छौं र सबैलाई गहन तालिम प्रदान गरेका छौं । यस तालिमले उहाँहरूलाई उच्च–दबावको समयमा पनि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न, सहयोग उपलब्ध गराउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरेको छ । ग्राहक सेवा प्रतिनिधिहरू बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म च्याटमार्फत् उपलब्ध हुनेछन्, र ग्राहकहरूले २४÷७ च्याटबोट “द्याज” मार्फत सहयोग लिन सक्नुहुनेछ ।

अत्यधिक मागको अवस्थालाई उचित व्यवस्थापन गर्न अन्य के–कस्ता योजना अघि बढाउनुभएको छ ?

दराज ११.११ जस्तो ठूलो अभियानका लागि हाम्रा आकस्मिक योजनाहरू पनि तयार छन् । आकस्मिक योजना भनेको अप्रत्याशित रूपमा धेरै अर्डर आएमा हुने अतिरिक्त कार्यभारलाई व्यवस्थित गर्न बनाइएका रणनीति हुन् । यसले गर्दा कुनै अप्रत्याशित चुनौती आए पनि हाम्रो वितरण र सेवामा असर नपर्ने अवस्थाको सुनिश्चितता प्राप्त हुन्छ । साथै, हामीले कर्मचारीलाई दक्षता र उत्कृष्ट सेवाका लागि प्रोत्साहन दिने योजनाहरू पनि बनाएका छौं । उदाहरणका लागि, सफल डेलिभरी र उच्च ग्राहक सन्तुष्टिलाई आधार बनाएर अतिरिक्त प्रोत्साहनहरू उपलब्ध गराइन्छ । यसले हाम्रो टोलीको मनोबल थप बढाउनुका साथै उत्कृष्ट सेवाका लागि प्रेरित गर्छ ।

 

अन्त्यमा, यस वर्षको दराज ११.११ सेलबाट ग्राहकले के अपेक्षा गर्न सक्छन् ?

हाम्रा ग्राहकहरूले यस वर्ष दराज ११.११ अभियानबाट तुलनात्मक रुपमा अझ सहज र उत्कृष्ट अनुभव पाउनेछन् । बलियो लजिस्टिक सञ्जाल, दक्ष कर्मचारी, र प्रभावकारी ग्राहक सेवा प्रणालीको सहायताले हामीले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिएका छौं । हामीले बढ्दो अर्डरको व्यवस्थापनार्थ पूर्व तयारी गरिसकेका छौं । यसले गर्दा हाम्रो प्लेटफर्ममा प्रत्येक ग्राहकले सहज र उत्साहपूर्ण किनमेल अनुभव प्राप्त गर्न सक्नुहुनेछ ।

Link copied successfully