कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

काठमाडौंमा मलेसियन खाना महोत्सव

काठमाडौँ — काठमाडौंस्थित मलेसियन दूतावासले ठमेलमा खाना तथा सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।

काठमाडौंमा मलेसियन खाना महोत्सव

मलेसियन खाना तथा संस्कृतिको प्रवर्द्धन गर्न महोत्वस आयोजना गरिएको नेपालका लागि मलेसियन कार्यवाहक राजदूत मोहद फिरदास विन अजमनले बताए ।

छाया सेन्टरमा शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्म आयोजना गरिएको महोत्वसमा मलेसियन खानाको स्वाद लिन स्थानीयहरु पुगेका थिए ।

मलेसियन नागरिकहरुले विभिन्न खानाका स्टलहरु राखेका थिए ।



प्रकाशित : जेष्ठ २६, २०८१ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×