२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय गोष्ठी

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागको आयोजनामा ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षक अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ ।

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय गोष्ठी

भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक केके अग्रवालको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्यवक्ताको रुपमा सहभागी थिए । कार्यक्रममा भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी थिए ।

चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कूल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हान हङ र इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्रा. डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राखेका थिए । कार्यक्रममा भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्ष डा. शुची यादव लगायतले पनि कार्यक्रममा सम्बोधन गरेकी थिइन ।

उद्घाटन सत्रपछि लगातार दुई प्लेनरी सत्र सम्पन्न भए, त्यसपछि तीन सभाकक्षमा समानान्तर तीनवटा कार्यक्रमबीच ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिए । प्लेनरी सेसनमा 'टु डिकेड्स अफ दि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस' तथा साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स गरी दुई विषयमा वृहत् विमर्श भयो ।

प्रकाशित : जेष्ठ १५, २०८१ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x