आलाडाले मनायो अन्तर्राष्ट्रिय कृत्रिम हातखुट्टा दिवस

काठमाडौँ — दोस्रो अन्तर्राष्ट्रिय कृत्रिम हातखुट्टा दिवसका अवसरमा कृत्रिम हातखुट्टा तथा सहायक सामग्री व्यवसायी संघ (आलाडा) ले नक्साल, नारायणचौरमा एक विशेष कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा कृत्रिम हात खुट्टाका प्रयोगकर्ताहरुले दिवससम्बन्धी जानकारी भएको पर्चा बेलुनमा राखेर आकाशमा उडाए ।
यस्ता कार्यक्रमहले विश्वभरका कृत्रिम हातखुट्टा प्रयोगकर्तालाई पनि हौसला मिल्ने संघका अध्यक्ष जेविन्द्र सिंहको भनाइ छ । कार्यक्रममा कृत्रिम हातखुट्टाको क्षेत्रमा काम गर्ने प्राविधिकको कमीबारे चर्चासमेत गरिएको थियो । आलाडाले बर्सेनि कृत्रिम हातखुट्टा दिवस मनाउने गरेको छ ।