कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पत्रकार महिलाका लागि प्रविधिमैत्री पत्रकारिता तालिम सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम सुरु गरेको छ । सोमबार काठमाडौँमा सुरु भएको तालिमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलाको क्षमता र दक्षता बढाउन प्रविधिलक्षित तालिम आवश्यक रहेको बताइन् ।

पत्रकार महिलाका लागि प्रविधिमैत्री पत्रकारिता तालिम सुरु

तीन दिनसम्म चल्ने तालिममा पहिलो चरणमा वाग्मती प्रदेशका २० जना पत्रकार सहभागी छन् । मन्त्री शर्माले व्यावसायिक र मर्यादित पत्रकारिताका लागि यस्ता खाले तालिम आगामी दिनमा अझ सशक्त ढङ्गबाट अगाडि बढाउनुपर्ने उल्लेख गरिन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको माध्यमबाट पोख्त पत्रकारिता गराउने उद्देश्यले तालिम सञ्चालन भएको जानकारी दिए । प्रविधिमैत्री नहुँदा पत्रकारिताबाटै पलायन हुने र अवसरबाट वञ्चित हुने अवस्था हुन नदिने प्रयासमा काउन्सिल रहेको उनले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिसँग जोडिएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास हुने उल्लेख गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गर्न र पेसामा रहेकालाई टिकाउन यस्ता तालिम महत्त्वपूर्ण हुने बताइन् । त्यस्तै सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले प्रविधिको उच्चतम प्रयोगबाट गरिने पत्रकारिताले पत्रकार महिलालाई गुणात्मक, सचेत र व्यवसायिक रूपमा अगाडि बढाउन् बताइन् ।

प्रकाशित : आश्विन २२, २०८० २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?