कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

एनआरएनएलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँछु : जोशी

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा पुनः उम्मेदवारी दिने घोषणा गरेका गौरीराज जोशीले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । अमेरिका निवासी युवा व्यवसायी जोशी हाल एनआरएनए महासचिव हुन् ।

एनआरएनएलाई थप प्रविधिमैत्री र पारदर्शी बनाउँछु : जोशी

जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता वितरणको परम्परा तोड्दै २२ महिना नै सदस्यता वितरण खुल्ला गर्ने, संस्था थप प्रविधिमैत्री र पारदर्शी बनाउने, अध्यक्षसँग निकट रहेर समन्वय र सहकार्य गर्नेलगायतका प्रतिबद्धता अघि सारेका छन् ।

'नेतृत्वलाई डेलिगेट्स चयनमा सधैं परिवारवाद र कृपावादको आरोप लाग्दै आएको छ । म यो परिपाटी अन्त्य गर्न लाग्नेछु,' जोशीले भने, 'चुनावका बेलामात्र सदस्यता वितरण एउटा जीर्ण रोगका रुपमा रह्यो । यसको निराकरण पनि मैले प्रमुख एजेन्डाको रुपमा राखेको छु ।'

विदेशमा सिकेको सीप, ज्ञान र लगानी नेपालको बृहत्तर हितका लागि सदुपयोग गर्न आफू कटिबद्ध रहेको भन्दै उनले गैरआवासीय अभियन्ताहरूको चाहना र सुझावबमोजिम पुनः महासचिवमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए ।

एनआरएनएको ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० देखि कात्तिक ३ (अक्टोबर १७ देखि २०) सम्म हुँदै छ ।

प्रकाशित : आश्विन ५, २०८० १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?