कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

पद्मकन्या बहुमुखी क्याम्पसको ७३ औं वार्षिकोत्सव सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको नारी शिक्षामा योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसले स्थापनाको ७३ औं वार्षिकोत्सव शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

पद्मकन्या बहुमुखी क्याम्पसको ७३ औं वार्षिकोत्सव सम्पन्न


२००८ साल असोज १ गते स्थापना भएको क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले शैक्षिक गुणस्तर उचों राख्नका लागि पद्मकन्याले खेलेको भूमिकाको स्मरण गर्दै क्याम्पसको उन्नतीमा सहयोग गर्न त्रिवि सधैं तयार रहेको बताए।

उनले बीपीएसजी, फेसन डिजाइन जस्ता नयाँ कार्यक्रम सुरु गरेकोमा पद्मकन्यालाई धन्यवाद दिँदै क्याम्पसलाई यो अवस्थामा ल्याउन यस्ता छुट्टै पहिचान भएका कार्यक्रमले सहयोग गरेको उल्लेख गरे।

नयाँ युगको मागअनुसार क्याम्पसलाई डिजिटल युगमा लैजानुपर्नेमा जोड दिदैं शिक्षाध्यक्ष भुसालले क्याम्पसले सुरु गरेको ई–लाइब्रेरीले त्यसलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक डा. जयालक्ष्मी प्रधानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक आवश्यकतालाई ध्यानमा राखी समयानुकूल सीपमूलक, बजारमुखी, जीविकोपार्जन शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी गराइन् ।

क्यामपस प्रमुख प्रधानले त्रिविबाट २०७४ साल वैशाख ७ गते पूर्ण स्वायत्त प्राप्त गरी मानित विश्वविद्यालयको रुपमा स्थापित हुने लक्ष्यका साथ क्याम्पस अगाडि बढिरहेको बताउँदै नयाँ शैक्षिक कार्यक्रम सञ्चालनका लागि भौतिक संरचनाको काम अघि बढाउन लागिएको पनि जानकारी गराइन् ।

कार्यक्रममा शिक्षाध्यक्ष डा. भुसालले पद्मकन्याबाट उच्च शिक्षा हासिल गरेका त्रिवि मानविकी संकायका डीन प्राध्यापक डा. कुशम शाक्य र बागमती प्रदेश सभा सदस्य हरिप्रभा खड्गीलाई सम्मान गरेका थिए।

यसैगरी, क्याम्पसमा लामो समय सेवा गरेका प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो। वार्षिकोत्सवका अवसरमा आयोजित खेलकूद प्रतियोगिताका विजयी प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित : आश्विन ५, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?