काठमाडौं विश्वविद्यालयमा 'कम्प्युटेश्नल म्याथम्याटिक्स' को अध्यापन सुरू

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं विश्वविद्यालयले सूचना प्रविधिसहितको गणित अध्ययनलाई प्रवर्धन गर्न 'कम्प्युटेश्नल म्याथम्याटिक्स' विषयको अध्यापन सुरू गरेको छ । 

काठमाडौं विश्वविद्यालयमा 'कम्प्युटेश्नल म्याथम्याटिक्स' को अध्यापन सुरू

विश्वविद्यालयले बिगत लामो समयदेखि विभिन्न विधा र तहमा विद्यार्थीको रुचि तथा बजारको आवश्यकता अनुसारका विषयहरु अध्यापन गर्दै आएकोमा अहिले नयाँ कोर्ष सुरु गरेको हो ।

'नेपाल तथा विश्व बजारमा सूचना प्रविधिको ज्ञानसहितको गणितको दक्ष जनशक्तिको माग उच्च छ । यी दुवै कुराहरुलाई मध्यनजर गर्दै कम्प्युटेश्नल म्याथम्याटिक्स कार्यक्रम मार्फत् गणित अध्ययन - अध्यापनलाई पुन: परिभाषित गर्ने प्रयास गरेका छौं' विश्वविद्यालयको गणित विभागले भनेको छ । विभागीय प्रमुख प्राध्यापक डा. रविन्द्र कायस्थका अनुसार यस कार्यक्रमले गणितको गहन अध्ययन मात्र नभई अहिलेको बजारको आवश्यकता परिपुर्ति गर्ने सूचना प्रविधिसहितको गणित अध्ययनलाई प्राथमिकता दिने छ ।

यो कोर्षमा विद्यार्थीहरुले चार वर्षमा कक्षा कोठामा मात्र नभई व्यक्तिगत तथा सामूहिक परियोजनाहरुमा स्वतन्त्र रुपमा काम गर्ने अवसर प्राप्त गर्ने विश्वविद्यालयले जनाएको छ ।


प्रकाशित : असार १७, २०८० १४:५६
प्रतिक्रिया
पठाउनुहोस्