फोटो पत्रकार थोकरलाई सिल्भर अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — फोटो पत्रकार केशवराज थोकरले 'फोटो प्रेस २०२३' मा सिल्भर अवार्ड जितेका छन् । एसियन आर्ट एसोसिएसन सिंगापुरले आयोजना गरेको प्रतियोगितामा दोस्रो बन्दै थोकरले एक हजार सिंगापुरे डलर जितेका हुन् । 

काठमाडौंको एक गुम्बामा भिक्षुणीहरूले महिलामाथि हुने विभेदको अन्त्य गर्न र लैंगिक समानताका लागि गरेको अभ्यासको कथा बोल्ने थोकरको तस्बिरले महिला अधिकारको विधामा अवार्ड जितेको हो । यो अवार्ड जित्ने थोकर पहिलो नेपाली हुन् ।

यो प्रतियोगितामा बंगलादेशका फोटोग्राफर प्रथम बने ।

प्रकाशित : वैशाख १८, २०८० १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा एक युवती मृत फेला

कान्तिपुर संवाददाता

काठमाडौँ — बाँकेको कोहलपुर नगरपालिका २ बर्दहवामा एक युवती मृत फेला परेकी छन् । स्थानीय २० वर्षीया प्रिती थारु घरमै मृत अवस्थामा फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले पनि युवती मृत फेला परेको बताए ।

‘मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने कुरा पोस्टपार्टम रिपोर्ट आएपछि खुल्छ‚’ डीएसपी तिवारीले भने, ‘घटना शंकास्पद भएकाले तीन जनालाई नियन्त्रणमा लिएका छौं ।’ कोहलपुर प्रहरीले श्रीमान्, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

घटना शंकास्पद देखिएपछि अनुसन्धानको दायरा फराकिलो पारेर सूक्ष्म रुपमा अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ । मृतकका माइती पक्षले भने घरपरिवारले प्रीतिको हत्या भएको दाबी गरेका छन् ।

प्रकाशित : वैशाख १८, २०८० १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×