काठमाडौं विश्वविद्यालयमा चिनियाँ भाषा दिवस कार्यक्रम सम्पन्न

काठमाडौँ — काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटले अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस कार्यक्रम आयोजना गरेको छ । चिनियाँ भाषा सभ्यतामा संवाद सहजीकरण गर्ने उद्देश्यसहित काठमाडौं विश्वविद्यालयमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले काठमाडौं विश्वविद्यालयले विगतदेखि नै चिनियाँ भाषा सिक्ने उत्साही हजारौं नेपालीलाई तालिम दिइएको भन्दै प्रशंसा व्यक्त गरे ।
नेपाल र चीनबीचको संस्कृति आदानप्रदानलाई अझ प्रगाढ बनाउने उद्देश्यले पनि कार्यक्रम राखिएको आयोजकले बताएको छ ।
प्रकाशित : वैशाख १२, २०८० १९:१५