कान्तिपुरकर्मी शाहीलाई ‘फोटो अफ दि इअर’ उपाधि

मुगु — कान्तिपुर दैनिकका मुगु संवाददाता राजबहादुर शाही फोटो अफ दि इअरको उपाधिबाट सम्मानित भएका छन् । अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा नेपालगन्जमा सञ्चालन भएको दुईदिने फोटो फेस्टिभलमा कान्तिपुरकर्मी शाहीले खिचेको मुगुको छायाँनाथ रारा नगरपालिकास्थित ताल्च गाउँकी एक महिला रुखमा लटरम्भ फलेको स्याउ टिप्दै गरेको फोटोले अफ दि इअरको उपाधि जितेको हो ।

शाहीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नगद पुरस्कार २५ हजार ५ सय ५१ सहित प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै शाहीले खिचेको अर्को मुगुम कार्मारोङ गाउँपालिकाको माग्री गाउँका एक किसानले पाखोबारीमा एक गोरु जोतेर अन्नबाली लगाउँदै गरेको फोटोले पनि फेस्टिभलमा कृषि विधामा उत्कृष्टबापत ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रकाशित : वैशाख १०, २०८० ०९:४०