राजु अधिकारीको नयाँ पुस्तक 'बनौं संस्कारी' सार्वजनिक

काठमाडौँ — खानपान, योग र जीनवशैलीमाथि चिन्तन र लेखन गर्दै आएका लेखक राजु अधिकारीले नयाँ पुस्तक 'बनौं संस्कारी' ल्याएका छन् । उनको नयाँ पुस्तकको शनिबार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, डा भगवान कोइराला अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक अधिकारीले संयुक्त रुपमा विमोचन गरे ।

राजु अधिकारीको नयाँ पुस्तक 'बनौं संस्कारी' सार्वजनिक

पुस्तकबारे चर्चा गर्दै डा कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्संदै गएको बताए । 'अहिले विज्ञान छ । प्रविधि छ । भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मुल्य हुँदैन' कोइरालाले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले बालबालिकालाई असल बनाउनेतर्फ पुस्तकले भूमिका खेल्ने बताए । 'हामी स्कुलको परीक्षामा राम्रो अंक ल्याएर पास गर्छौं तर जीवनको परीक्षामा भने फेल भइराखेका छौं । संसार बदल्ने हो भने पहिला आफू बदलिनुपर्छ । आफू बदलिन संस्कार जान्नुपर्छ' थपलियाले भने ।

लेखक अधिकारीले शिक्षा छ तर संस्कार छैन भने व्यक्तित्वमा सुवास नआउने बताए । जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिँ दिनै पर्नेमा उनले उल्लेख गरे । पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति लगायतमा विषय समेटिएका छन् ।

प्रकाशित : भाद्र ५, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?