कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पशु कल्याण विधेयकबारे छलफल सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — पशु कल्याण विधेयक तथा संक्रामक पशु रोग नियन्त्रण विधेयकबारेमा सरोकार सम्बद्ध निकायबीचमा छलफल सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको तत्वाधानमा सम्बद्ध विज्ञहरुबीच मंगलबार परामर्श सुरु भएको छ ।

पशु कल्याण विधेयकबारे छलफल सुरु

मन्त्रालयकी सहसचिव डा. सम्झनाकुमारी काफ्लेले पशु कल्याण विधेयक निर्माणका क्रममा अर्न्तराष्टिय मापदण्डलाई ध्यानमा राख्दै व्यावहारिक पक्षलाई समेत विश्लेषण गरेर कानुनी परामर्श गरिने धारणा राखिन् ।

‘संक्रामक रोग नियन्त्रण ऐनका बारेमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दुई वर्षअघि नै प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ, यो मस्यौदा नेपाल पशु चिकित्सा परिषद र पशु सेवा विभागलाई समेत बुझाइसकेको स्थितिमा त्यसलाई समयसापेक्ष परिमार्जन गर्दै अघि बढाएमा काम छिटो हुन सक्ने देखिन्छ,’ डा.काफ्लेले भनिन् ।

त्रिपुरेश्वरस्थित केन्द्रिय रिफरल पशु चिकित्सालयमा मंगलबार आयोजित कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत डा. प्रदीपचन्द्र भट्टराईले पशु कल्याण विधेयक मस्यौदामा हुनुपर्ने मापदण्ड र विषयबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी, डा.सुजन राणासहितका विज्ञले पशु चिकित्सा र संक्रामक रोगबारे धारणा राखेका थिए ।

प्रकाशित : श्रावण १८, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?