न्याभको नयाँ कार्यसमिति चयन

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — भिक्टोरियाको सबैभन्दा पुरानो नेपालीे संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को अध्यक्षमा प्रेमराज उप्रेती निर्वाचित भएका छन् । 

न्याभको नयाँ कार्यसमिति चयन

केहीदिन अघि चुनिएका अध्यक्षसहितका सबै कार्यसमिती सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । दुईवर्षे कार्यकालका लागि छानिएको कार्यसमितीमा उपाध्यक्ष ललिसा थापा र कृष्णप्रसाद चालिसे, कोषाध्यक्ष एकिन्द्र तिमिल्सिना र सदस्यहरुमा उज्जवल अधिकारी र निराजन रेग्मी चुनिएका छन् ।

भिक्टोरियामा रहेका नेपालीको हकहितका साथै नेपाली कला संस्कृति, परम्पराको जर्गेना तथा सामाजिक भाइचारा अभिबृद्धि गर्न संस्थाको स्थापना गरिएको थियो । संस्थाले भिक्टोरिया अन्य बहुसा‌ंस्कृतिक समुदायका साथै अन्य नेपाली संस्थासँग मिलेर काम गरिरहेको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी दिए । उनले २५ वर्षदेखि नेपाली समुदायका लागि काम गरिरहेको यस संस्थाले यहाँस्थित राज्य सरकारसँग नेपाली कला संस्कृति र परम्पराको प्रवर्द्धनका लागि सहकार्यमा काम गरिरहेको बताए ।

प्रकाशित : श्रावण ११, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?