अमेरिका र भारतको चलचित्र महोत्सवमा ‘को-हजबेन्ड’- अन्य - कान्तिपुर समाचार

अमेरिका र भारतको चलचित्र महोत्सवमा ‘को-हजबेन्ड’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको बहुपति प्रथाबारे निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) अमेरिका र भारतको चलचित्र महोत्सवमा छनोट भएको छ । अमेरिकाको एटलान्टमा अगस्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेसनल फिल्म फेस्टिबलमा ‘को-हजबेन्ड’ छानिएको निर्देशक गणेश पाण्डेले जानकारी दिए । 

कलकातामा चलचित्र महोत्सव उद्घाटनकै दिन ‘को-हजबेन्ड’ प्रदर्शन हुने आयोजक प्रेमेन्द्र मजुमदारले बताए । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबलबाट यात्रा आरम्भ गरेको ‘को-हजबेन्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा भएका सबै दाजुभाइको एउटै श्रीमती हुने अनौठो चलनमा आधारित डकुमेन्ट्री ‘को-हजबेन्ड’को छायांकन गर्न करिब ४ वर्ष लागेको निर्देशक पाण्डेले बताए ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।

प्रकाशित : श्रावण २, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस बैठकमा आज निर्णय पारित हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । गत सोमबारदेखि सुरु भएको बैठक आज छैटौँ दिन पनि बस्न लागेको हो ।

बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा पाँच दिनसम्म भएको छलफलको निष्कर्ष समेटेर निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने नेताहरुले बताएका छन् ।

प्रकाशित : श्रावण २, २०७९ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×