मिस्टर एन्ड मिस विश्वकर्माको उपाधि अमन र एनिमालाई- अन्य - कान्तिपुर समाचार

मिस्टर एन्ड मिस विश्वकर्माको उपाधि अमन र एनिमालाई

कान्तिपुर संवाददाता

काठमाडौँ — मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल-२०२२ को उपाधि अमन गदाल र एनिमा घतानीले जितेका छन् । मिस्टर विश्वकर्मातर्फ अमन गदालले उपाधि जितेका हुन् । त्यस्तै कृस कालिराज फस्ट रनरअप र मनिष दराल सेकेन्ड रनरअप भएका छन् । 

मिस विश्वकर्मातर्फ एनिमा घतानीले उपाधि जितिन् भने इशा सिलवाल फस्ट रनरअप र मनिषा विश्वकर्मा सेकेन्ड रनरअप भएका छन् । उपाधि विजेता अमन र एनिमाले जनही ५०-५० हजार रुपैयाँ पाए ।

बी ब्रोज इन्टरटेनमेन्टले गरेको प्रतियोगिताका विजयीहरुलाई पुर्वमन्त्री मीन विश्वकर्माले एक समारोहबीच पुरस्कार वितरण गरेका छन् ।

प्रकाशित : असार २६, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीको तिनाउखोलामा युवती मृत फेला

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा ३ मा एक युवती मृत फेला परेकी छन् । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् । वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

अस्मिताका बुवा नागेन्द्र पटवारले जेठानकी श्रीमतीले छोरी घरमा नभएको भन्दै शनिबार दिउँसो साढे ३ बजे फोन गरेको बताए । उनले फोन जानेवित्तिकै आफू रुपन्देही आई साँझसम्मै छोरीलाई खोज्दा नभेटेको बताए । उनले ईलाका प्रहरी कार्यालय बुटवलमा छोरी हराएको जाहेरीसमेत दिएका थिए । 'रातिसम्मै खोजियो, छोरीको केही पत्ता लागेन,' उनले भने, 'राति २ छोरालाई पठाएँ, उनीहरुले पनि नभेटेपछि चिन्ता लाग्न थाल्यो ।'

आइतबार दिउँसो साढे १ बजेतिर भने तिनै जेठानकी श्रीमतीले छोरीको शव खोलामा भेटिएको जानकारी गराएको उनले बताए । उनीहरु आइपुग्दा शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याइसकिएको थियो । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको नागेन्द्रले बताए । घटना अनुसन्धान भइरहेको कुँवरले बताए ।

प्रकाशित : असार २६, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×