कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कौशिक 'सुनौलो गैंडा' बाट सम्मानित

काठमाडौँ — नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त चन्दन कौशिक नेपाल स्काउटको सर्वोच्च पदक ‘सुनौलो गैंडा’ बाट सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित ७१ औं स्काउट दिवसका अवसरमा उनलाई यो पदक प्रदान गरिएको हो ।

कौशिक 'सुनौलो गैंडा' बाट सम्मानित

नेपाल स्काउटको सर्वोच्च पदकबाट सम्मानित हुने उनी सबैभन्दा कम उमेरका व्यक्ति पनि हुन् । यसअघि अधिकांश 'सुनौलो गैंडा' पदक मरणोपरान्त दिने गरिएको थियो ।

नेपाल स्काउटको इतिहासमै पहिलो पटक युवालाई यो पदक प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ । संक्रमणकालीन अवस्थामा पनि स्काउट र युवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई ‘सुनौलो गैंडा’ द्वारा सम्मान गरिएको पनि कार्यक्रममा उद्घोष गरिएको थियो ।

बाल्यकालेदेखि स्काउट अभियानमा सक्रिय कौशिक स्काउटकै इतिहासमा कम उमेरमा प्रमुख आयुक्त (राष्ट्रिय संयोजक) बन्ने व्यक्ति पनि हुन् । उनी स्काउटकै राष्ट्रिय सल्लाहाकारसमेत हुन् ।

नेपाल स्काउटले गरेको स्काउटको सबैभन्दा ठूलो मानिने कार्यक्रम तेस्रो राष्ट्रिय ज्याम्बोरीको नेतृत्व पनि यसपटक कौशिकले सम्हालेका थिए । जसमा संसारभरका स्काउट्सहरूको उपस्थिति थियो । बाबुको प्रेरणाले सामाजिक कार्य र स्काउटमा सक्रिय कौशिक युवाहरुमाझ लोकप्रिय मानिन्छन् ।

यसअघि उनका बाबु चन्द्रदेव लाल कौशिकलाई यसै सम्मानद्वारा मरणोपरान्त सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि कौशिकले भने, 'यसले अझै ठूलो जिम्मेवारी थपिएको महसुश भएको छ । बाल्यकालदेखि लागेको संस्थामा आउने दिनमा पनि सेवामै दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछु ।'

प्रकाशित : असार ५, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?