१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

विहारलाई बुद्ध मूर्ति प्रदान

संखुवासभा — खादबारीमा रहेको त्रिरत्न बुद्ध विहारलाई ३ फिटको बुद्धको मूर्ति प्रदान गरिएको छ । चैनपुर नगरपालिका ६ का तीर्थराज बज्राचार्य, कर्णकुमारी बज्राचार्य र गीता बज्राचार्यको स्मृतिमा उनीहरुका ५ छोरीहरुले बुद्धको मूर्ति उपलब्ध गराएका हुन् ।  

विहारलाई बुद्ध मूर्ति प्रदान

छोरीहरु विजया, सुशीला,सुरुची,रुकमुनी र मञ्जुले ३ फिटको बुद्धको मूर्ति उपलब्ध गराएको बुद्ध विहारले जनाएको छ । उनीहरुलाई खाँदबारी शाक्य समाज र त्रिरत्न बुद्ध विहारले एक कार्यक्रमबीच बिहीबार सम्मान गरेको छ ।

विहारलाई विनोद पराजुली, सुरुची बज्राचार्य पराजुली र छोरी सुबु फराजुलीले निर्माण हुन लागेको बुद्ध गार्डेनका लागि ५० हजार नगद समेत सहयोग गरिएको छ । दाताहरुलाई त्रिरत्न बुद्ध बिहारका र्तबाट प्रमाणपत्र र खादाले सम्मान गरिएको छ । समाजका अध्यक्ष किरणकुमार शाक्य, जयन्द्र शाक्य लगायतले सम्मान गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?