कपिलवस्तुको तिलाैराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने- अन्य - कान्तिपुर समाचार

कपिलवस्तुको तिलाैराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले पहल गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमार्फत् सरकारले यो घोषणा गरेको हो । 

नेपालको मौलिक कला संस्कृति समेटिएको वृहत् संग्रहालय बनाउने र सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्वर्द्धन गरी सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने नीति सरकारले लिएको छ । राष्ट्रिय अभिलेखहरुको आधुनिक प्रविधिबाट संरक्षण गर्ने योजना पनि वार्षिक नीति तथा कार्यक्रममा राखिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्

पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई कम्तीमा चार लेनमा 'एसियन हाइवे' स्तरमा विकास गरिने भएको छ । जसअनुरुप बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिइएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । संसदमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कांकडभिट्टा–लौकही–पथलैया–कमला तथा पथलैया–नारायणगढ सडकको स्तराेन्नती सुरु गरिने बताइन् ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित वाग्मती–चन्द्रनिगाहपुर खण्डमा वर्षाले सडकको कालोपत्रे उप्किएर बनेक खाल्टा । तस्बिर : शिव पुरी/कान्तिपुर

काठमाडौं- तराई- मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिइने उनको भनाइ छ । राष्ट्रिय राजमार्ग र तराई मधेशका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा कम्तिमा चार लेनमा स्तरोन्नती गरिने उनले बताइन् । 'चक्रपथ लगायत काठमाडौं उपत्यकाका सडक विस्तार र स्तरोन्नती गर्नुका साथै सम्बन्धित स्थानमा फ्लाइओभर निर्माण गरिने छ' नीति तथा कार्यक्रममा भनिएको छ 'तीन तहको साझेदारीमा कालोपत्रे सडक नपुगेका स्थानीय तहको केन्द्रलाई प्रादेशिक वा राष्ट्रिय सडक सञ्जालसँग आवद्ध गरिने छ ।'

प्रकाशित : जेष्ठ १०, २०७९ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×