अस्ट्रेलियाबाट ‘आमा’ को गीत

काठमाडौँ — अस्ट्रेलियाको एडिलेडमा बस्दै आएकी सरिता निरौलाले ‘आमा’ बोलको गीत सार्वजनिक गरेकी छन् । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा आमाको त्याग, माया र समर्पणको चर्चा गरिएको छ ।

अस्ट्रेलियाबाट ‘आमा’ को गीत

निरौलाको स्वर तथा शब्द रहेको गीतमा सुरेन्द्र श्रेष्ठले संगीत भरेका छन् । दक्षिण अस्ट्रेलियास्थित भिएम साउण्डमा रेकर्ड गरिएको गीत निरौलाले आमाको मुख हेर्ने दिन पारेर सार्वजनिक गरेकी हुन् । युवायुवतीको मायाप्रेम र बिछोडभन्दा फरक विषयवस्तु समेटेर संगीत प्रस्तुत गर्ने प्रयासस्वरुप गीत तयार गरेको निरौलाको भनाइ छ ।

गीतसँगै एडिलेडमा छायांकन गरिएको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा गायिका निरौलाका साथै रोहित अधिकारी, विकास शर्मा पोखरेल र इनिशा खड्को अभिनय छ ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन प्रदिप खत्रीले गरेका छन् भने नवीन पन्तले निर्देशन गरेका छन् । निर्देशक पन्तले परम्परागत म्युजिक भिडियोभन्दा अलग र फरक गर्ने प्रयासस्वरुप भिन्न किसिमको म्युजिक भिडियो निर्माण गरिएको दाबी गरे ।

प्रकाशित : वैशाख १९, २०७९ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?