कान्तिपुरकर्मी थारु पुरस्कृत- अन्य - कान्तिपुर समाचार

कान्तिपुरकर्मी थारु पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरकर्मी बुनु थारु पुरस्कृत भएकी छन् । थारु पत्रकार संघको पाँचौं राष्ट्रिय महाधिवेशन तथा १० औं साधारणसभामा शुक्रबार पत्रकार थारुलाई 'जोखन-जगत रत्गैया राष्ट्रिय ‍पत्रकारिता पुरस्कार २०७८' बाट सम्मान गरिएको हो ।

सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता इन्दु थारुले स्थापना गरेको उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । थारु विगत ५ वर्षदेखि पत्रकारिता गरिरहेकी छन् ।

प्रकाशित : चैत्र २५, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

सूर्य चिह्नलाई साझा बनाएर निर्वाचनमा जाने सम्भावना छ : थापा

'एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा (एमाले)सँग तालमेल हुने सम्भावना रहेको बताएका हुन् ।

'एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ,' थापाले भने, 'अवस्था हेरेर अरु दलहरुसँग सहकार्य हुनसक्छ ।'

आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकोले जसरी पनि चुनावमा सहभागी हुने र चुनाव जित्नका लागि गठबन्धन आवश्यक रहेको थापाको भनाइ थियो । उनले तालमेलका लागि स्थानीय तहको प्रकृति र अवस्थालाई आधार मानिने पनि प्रस्ट पारे ।

तर केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोखरेलले तालमेल गरेर पनि चुनाव चिह्न राप्रपाकै 'तीर' लाई प्रचारप्रसारमा लैजानु पर्ने आवश्यक रहेकोमा जोड दिए । उनले भने, 'राप्रपा नेपाल पहिलोपटक 'तीर' चुनाव चिह्न लिएर निर्वाचनमा जान लागेकोले हुँदा यसैलाई प्रचार गर्नुपर्छ ।'

राप्रपाले हिन्दू राष्ट्र स्थापना, मुलुकमा विभिन्न मुद्दामा बन्द नगर्नेलगायत नीति र एजेन्डासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रकाशित : चैत्र २५, २०७८ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×