ककनीमा १ सय ३० विद्यार्थीलाई पोसाक वितरण 

काठमाडौँ — लायन्स क्लब अफ काठमाडौं प्रणामी समाज र श्रीकृष्ण युवा परिषद् नेपाल वाग्मती प्रदेशले नुवाकोटको ककनी गाउँपालिका २ ठूलो चित्रेमा रहेको महाकाली आधारभूत विद्यालयमा नि:शुल्क पोसाक वितरण गरेका छन् ।

ककनीमा १ सय ३० विद्यार्थीलाई पोसाक वितरण 

श्रीकृष्ण युवा परिषद् नेपालको जिल्ला समितिको सहकार्यमा शुक्रबार १ सय ३० विधार्थीलाई पोसाक वितरण गरिएको हो ।

कार्यक्रममा विद्यार्थीलाई युवा जागरण प्रशिक्षण पनि दिइएको थियो । त्यस अवसरमा ककनी गाउँपालिका २ का वडाध्यक्ष केदार पौडेल, लायन्स क्लब अफ काठमाडौं प्रणामी समाजका भीम बगालेलगायतको उपस्थिति थियो ।

प्रकाशित : चैत्र १२, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?