२ सय ६९ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ — नार्गाजुन नगरपालिकाको रानीवनस्थित आइतबार सम्पन्न स्वास्थ्य शिविरमा २ सय ६९ जनाको स्वास्थ्य परीक्षण भएको छ ।

२ सय ६९ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण

मञ्जुश्री टोल सुधार समिति, मञ्जुश्री महिला समाज र पिपल्स डेण्टल कलेज एण्ड हस्पिटलले गरेको स्वास्थ्य परीक्षणमा दन्त रोग, जनरल मेडिसिन, नाक, कान, घाँटी, हाडजोर्नी, महिला तथा स्त्री रोग, र आँखा रोगको विशेषज्ञबाट सर्वसाधरणको स्वास्थ्य परीक्षण गरिएको हो ।

अस्पतालका आठ जना विशेषज्ञले निःशुल्क शिविर सञ्चालन गरेको टोल सुधार समितिका सचिव बद्री प्रसाद दाहालले बताए । कार्यक्रममा टोल सुधार समितिको बाह्रौं साधारण सभासमेत भएको थियो ।

प्रकाशित : चैत्र ६, २०७८ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?