१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जनकपुर इन्जिनियरिङ कलेजले ९ विद्यार्थीलाई छात्रावृत्ति दिने

काठमाडौँ — राष्ट्रिय आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रावृत्ति दिने भएको छ ।

जनकपुर इन्जिनियरिङ कलेजले ९ विद्यार्थीलाई छात्रावृत्ति दिने

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुपण्डोलमा रहेको जनकपुर इन्जिनियरिङ कलेजले ५ जनालाई सिभिल र ४ जनालाई कम्प्युटर इन्जिनियरिङतर्फ ५० प्रतिशत छात्रावृत्ति दिने शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रमा समझदारी गरिएको हो ।

सिभिल इन्जिनियरिङका लागि पाँच जना विद्यार्थीलाई कुल ३२ लाख र कम्प्युटर इन्जिनियरिङतर्फ ४ जनालाई २० लाख छात्रावृत्ति दिने कलेजले निर्णय गरेको आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले जानकारी दिए । उनले इन्जिनियरिङ विषय पढ्न इच्छुक गरिब तथा जेहेन्दार विद्यार्थीलाई कलेजमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले छात्रावृत्तिका लागि दाबी गर्न सक्ने कलेजका प्रिन्सिपल इन्जिनियर सागर श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र ४, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?