कान्तिपुरकर्मी ढकाललाई पितृशोक



काठमाडौँ — कान्तिपुरकर्मी अंगद ढकाललाई पितृशोक परेको छ । भक्तपुर निवासी उनका बुबा ६७ वर्षीय कृष्णबहादुर ढकालको केही दिनदेखि सिनामंगलस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनमा कोरोना संक्रमण देखिएको थियो भने मधुमेह रोगबाट समेत पीडित थिए ।

उनको शुक्रबार दिउँसो निधन भएको परिवारका सदस्यले जानकारी दिए ।
कृष्णप्रसादका दुई छोरा, एक छोरी र श्रीमती छन् ।
प्रकाशित : कार्तिक २८, २०७७ २०:००