२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कानुनका विद्यार्थीलाई तेजश्री मानवअधिकार छात्रवृत्ति प्रदान गरिने

काठमाडौँ — मानवअधिकारकर्मी तेजश्री थापाको स्मृतिमा स्थापित प्रतिष्ठानले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कानुनका विद्यार्थीलाई तेजश्री मानवअधिकार छात्रवृत्ति प्रदान गरिने

गत वर्ष निधन भएकी थापाको नाममा गठन गरिएको 'भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान'ले नेपाल ल क्याम्पस र नेसनल ल कलेज काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।


तेजश्रीको निधन भएको एक वर्ष पुगेको दिन उनकी आमा डा. रीता थापा र बुबा डा. भेषबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै दुवै क्याम्पसमा अध्ययनरत एक एक विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने जनाएका छन् ।


त्यस्तै प्रतिष्ठानले लैंगिक हिंसा रोकथाम तथा यौनजन्य दुर्व्यवहारविरुद्ध तेजश्री प्रयास अभियान एड्भोकेसी चलाउने पनि जनाएको छ । बालबालिका र कारगारमा स्थापना गरिएका पुस्तकालयका लागि पनि प्रतिष्ठानले सहयोग गर्ने छ ।


तेजश्री थापा मानवअधिकार वकिल थिइन् । उनले युद्धग्रस्त बाल्कन क्षेत्र र दक्षिण एसियामा भएका बलात्कारका घटनालाई मानवताविरुद्धको अपराधका रूपमा लिँदै कानुनी लडाइँ गर्दै आएकी थिइन् । उनी बंगलादेश श्रीलंका र नेपालमा भएका द्वन्द्वका घटनादेखि म्यानमारका रोहिंग्या मुसलमानविरुद्ध भएको अत्याचारलाई मानवअधिकार उलंघन भन्दै न्याय दिने अभियानमा लागेकी थिइन् ।


ह्युमन राइट्स वाच (एचआरडब्लु) मा वरिष्ठ दक्षिण एशिया अनुसन्धानकर्ताका रूपमा कार्यरत रहेको अवस्थामा गत वर्ष अमेरिकास्थित न्यूयोर्क सिटीमा ५२ वर्षको उमेरमा तेजश्रीको निधन भएको थियो । उनले संयुक्त राष्ट्रसंघ, द हेगस्थित इन्टरनेशनल क्रिमिनल ट्रिब्यूनलमा पनि काम गरेकी थिइन् ।

प्रकाशित : चैत्र १३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?