होली गीतसहित नरहरि

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक/संगीतकार नरहरि प्रेमी होली गीतसहित श्रोतामाझ आएका छन् । ‘आयो होली’ बोलको उक्त गीत उनैले लेखेका र संगीतबद्ध गरेका हुन् । 



उक्त गीतमा गायिका रश्मि चौधरीको स्वर पनि सुन्न सकिन्छ। ‘हामीकहाँ चाडपर्वका गीतहरूको निकै कमी छ,’ ‘चिपक चिपक’ र ‘प्रेमकर्जा’ जस्ता लोकप्रिय गीतका गायक नरहरिले भने, ‘त्यसैको भर्पाइको प्रयास हो यो।


डान्सिङ बिटको यो गीत श्रोताहरूले निकै रुचाउनुहोला भन्ने विश्वास छ।’

प्रकाशित : फाल्गुन २५, २०७६ २१:१०

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अल्ट्रा धावक राईको सम्मानमा रंगशाला

कान्तिपुर संवाददाता

भोजपुर — अल्ट्रा म्याराथन धावक मीरा राईको सम्मानमा पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा क्षेत्रीयस्तरको ‘मिरा राई रंगशाला’ निर्माण भइरहेको छ ।

जिल्लाभित्रै दक्ष खेलाडी उत्पादन र क्षेत्रीयस्तरका खेलहरु खेलाउने उद्देश्यले करिब ३५ रोपनी निजी तथा सरकारी जग्गामा बहुउद्देश्यीय रंगशाला बनिरहेको हो ।

गाउँपालिकाको ५५ लाख र प्रदेश सरकारको १ करोड ३५ लाख गरी करिब २ करोड लागत रहेको गाउँपालिकाले जनाएको छ । यति बजेटले नपुग्ने भएकाले प्रदेश सरकार, संघीय सरकार र दातृ निकायलाई सहयोग मागिएको गाउँपालिका प्रमुख किरण राईले बताए ।

रंगशालाको कटिङ,फिलिङ, ग्राभेलिङको काम भइसकेको छ । अर्न्तराष्ट्रिय मापदण्ड अनुसार ९० मिटर लम्बाई र ४५ मिटर चौडाईको रंगशाला बन्‍ने गाउँपालिकाले जनाएको छ ।

रंगशालाका लागि गाउँपालिकाले ५६ करोड लागत सहितको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो । रंगशालामा विशेषगरी फुटबल, म्याराथुन, एथ्लेटिक्स, भलिबल खेल खेल्न मिल्ने डिजाइन रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७६ २१:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×