कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाल बैंकको 'ब्राण्ड एम्बेस्डर'मा महाविर पुन 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बैंक लिमिटेडले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । युवाहरुलाई उद्यमी बन्‍न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागि परेका पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

नेपाल बैंकको 'ब्राण्ड एम्बेस्डर'मा महाविर पुन 

सोमबार आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष पुनले हस्ताक्षर गरे । हस्ताक्षरपछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाई दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयााँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । उनले नेपाल बैंक युवा उद्यमीहरुसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदान दिन तयार रहेको बताएका बैंकका प्रकाशकुमार अधिकारीले जारी विज्ञप्तिमा उल्लेख छ ।


पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्न पाउनु आफ्ना लागि सौभाग्य भएको बताए । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्‍जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दीको नांगी गाउँमा जन्मिएका हुन् । उनले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मानहरु पाएका छन् ।

प्रकाशित : फाल्गुन २१, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?