३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जापानी सम्राटको जन्मदिवस काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘साथी हो’ राजदूत मासामिची साइगो आँगनभरी भरिएका भीआइपी पाहुनातिर हेर्दै मुस्कुराए र हातको ग्लास ओठसम्म एक घुटको लिनुअघि भने, ‘सम्राटको स्वास्थ्य यसैगरी राम्रो रहिरहोस् भन्दै खुसीको यो पलमा रमाऔं ।’

जापानी सम्राटको जन्मदिवस काठमाडौंमा

उपराष्ट्रपती नन्दबहादुर पुनदेखि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसम्मका दुई सयभन्दा बढी आमन्त्रितहरुले जापानमा एक वर्षअघि गद्दीमा बसेका ६० वर्षीय सम्राट नारुहितोको स्वास्थ्यको कामना गरे र जापानी साकेको चुस्की लिए ।

‘आज हाम्रो राष्ट्रिय दिवस हो,’ घरदेखि टाढा काठमाडौंमा राजदूतका हैसियतले सम्राटको पहिलो जन्मोत्सव धुमधामसँग मनाउन पाउँदा खुसी देखिएका मासामिचीले भने, ‘यहाँहरु आइदिनुभयो, बुहतै खुसी छु ।’

शुक्रबार साँझ उनले पाहुनाहरुलाई दूतावासमै तयार पारिएका अनेक जापानी व्यञ्जनहरु चखाए र टोकियोदेखि झिकाइएका कलाकारहरुलाई जापानी वाद्ययन्त्रहरु बजाउन लगाएर सांगितिक स्वागत पनि गरे ।

वृद्ध पीताले स्वेच्छाले गद्दी त्यागेपछि राजकाज चलाउन थालेका ६० वर्षीय नारुहितोले जापान आफनो नेतृत्वमा ‘रेइवा युग’ अर्थात सुन्दर र शान्त समयमा प्रवेश गरेको घोषणा गरेका छन् । सम्राटका रुपमा उनको पहिलो जन्मोत्सव नेपाल र काठमाडौंस्थित कूटनीतिज्ञसँग मनाउन पाएकामा खुसी लागेको मासामिचिले बताए ।


प्रकाशित : फाल्गुन ३, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?