पारस खड्काले गरे ओक्सेम्बर्ग ब्राण्डको आउटलेट उद्धघाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय कपडा कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा खुलेको छ । सिभिलमलका साथै ललितपुरको कुमारीपाटी, लाबिम मल तथा विराटनगर गरेर अन्य तीन स्थान फनि यसको स्टोरहर खुल्ने बताइएको छ । 

पारस खड्काले गरे ओक्सेम्बर्ग ब्राण्डको आउटलेट उद्धघाटन

बिहीबार सिभिलमलको आउटलेटको नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गरेका थिए । सिभिलमलमा रहेको आउटलेटमा ब्राण्डको सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी लुगाहरु प्रदर्शनीमा राखिएको कम्पनीले बताएको छ ।


यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध हुने बताइएको छ ।


ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरुमा आफ्नो व्यापार सञ्जाल रहेको हिमालयन भाइब्स समुहसँग सहकार्य गरेर आउटलेट खोलेको हो ।


नयाँ खुलेको आउटलेटका बारेमा बोल्दै सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ई पी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं । स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकहरुको सेवा गर्ने मौका पाउँदा हामीलाई गौरव लागेको छ ।’


प्रकाशित : फाल्गुन २, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?