कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चन्द्रकोट क्याम्पसको नवनिर्मित भवन उद्‌घाटन

काठमाडौँ — गुल्मीको चन्द्रकोट गाउँपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित चन्द्रकोट क्याम्पस भवनको उद्‌घाटन गरिएको छ ।

चन्द्रकोट क्याम्पसको नवनिर्मित भवन उद्‌घाटन

निम्‍न आर्थिक अवस्थाका कारण सहरहरमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्चशिक्षा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय जनताको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको थियो ।


त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले स्‍नातक तहमा मानविकी, व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराइरहेको छ । क्याम्पसमा ९० प्रतिशतभन्दा बढी छात्राहरु अध्ययनरत छन् ।

भारत सरकारको झन्डै ६ करोड रुपैयाँ अनुदान सहयोगमा निर्मित यस तीनतले नयाँ संरचनामा १२ वटा कक्षाकोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।


यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : माघ २९, २०७६ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?