न्यूयोर्कमा डा. रुइतले 'मोटिभेसनल स्पीच' दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतले अमेरिकाको न्यूयोर्कमा नेपाली विद्यार्थीहरुलाई 'मोटिभेसनल स्पीच' दिने भएका छन् ।

ZenTravel

फेव्रुअरी १५ मा हुने कार्यक्रममा नेपाली विद्यार्थी र त्यहाँ कार्यरत नेपाली युवाहरुलाई लक्षित गरिएको आयोजक भ्वाइस फर युथले जनाएको छ।कार्यकम व्यक्तित्व विकास र करियर निर्माणका लागि सहयोगी हुने पनि आयोजकले बताएको छ।

Meroghar

यो कार्यक्रमबाट उठ्ने सबै रकम डा. रुइतको परोपकारी संस्था 'हिमालयन क्याटर्‍‍‍याक्ट प्रोजक्ट' लाई उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रकाशित : माघ १९, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्

जोकोभिचले जिते अस्ट्रेलियन ओपन

एजेन्सी

मेलबर्न — नोभाक जोकोभिचले आइतबार कीर्तिमान आठौं पटक अस्ट्रेलियन ओपन जितेका छन् । डिफेन्डिङ च्याम्पियन जोकोभचले यसका लागि फाइनलमा डोमिनिक थिमलाई पाँच सेट चलेको कडा प्रतिस्पर्धात्मक खेलमा हराए ।

सर्बियाली खेलाडी फाइनलमा६–४, ४–६, २–६, ६–३ र ६–४ ले विजयी रहे। उनले २–१ सेटले पछाडि रहेको स्थिति उल्टाएर १७ औं ग्रान्ड स्लाम उपाधि जितेका हुन्।


उदयमान खेलाडी मानिएका थिमका लागि ग्रान्ड स्लाम फाइनलमा फेरि एकपल्ट निराशा सामना गर्नु परेको छ। अस्ट्रियाका थिम यसअघि दुई पटक फ्रेन्च ओपनको फाइनलमा पराजित भइसकेका छन्।

प्रकाशित : माघ १९, २०७६ १८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×