कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब विद्यालय तहमै योग शिक्षा

काठमाडौँ — विद्यालय तहमा योग शिक्षाको पठनपाठन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषयका रूपमा योग शिक्षाको पाठ्यक्रम तयार पारेको छ । तल्ला कक्षाको पाठ्यक्रममा पनि विशेष क्षेत्रका रूपमा योगका विषयवस्तु समेटेर लैजाने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म योग, प्राकृतिक चिकित्सा र आयुर्वेदका छुट्टाछुट्टै ३ विषय पढ्न सकिने व्यवस्था गर्न लागिएको हो । योग प्रशिक्षक हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित कार्यदलले माध्यमिक तहमा योग विषयको अध्ययन/अध्यापन गराउन सुझाव दिएको थियो । शिक्षा नीतिमा पनि सरकारले योग शिक्षालाई प्राथमिकता दिएको छ ।


शिक्षामन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक तहदेखि उच्च शिक्षासम्म योग, प्राकृतिक चिकित्सा र आयुर्वेदको पठनपाठन गराइने बताए । मन्त्रालयले बुधबार राष्ट्रिय योग दिवस पनि मनाएको छ । राष्ट्रिय सभागृहमा आयोजित योग दिवस कार्यक्रममा मन्त्री पोखरेलले उच्च शिक्षामा पनि योग, आयुर्वेद र प्राकृतिक चिकित्सा विषयलाई प्राथमिकतामा राखेर योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्न लागिएको जनाए । संसद्को हिउँदे अधिवेशनमै उक्त विश्वविद्यालयको विधेयक लैजाने उनले जानकारी दिए ।


नेपालमा जुन २१ मा अन्तर्राष्ट्रिय र माघ १ गते राष्ट्रिय गरी दुई पटक योग दिवस मनाउने गरिएको छ । २०३६ सालदेखि जनस्तरमा दिवस मनाउन थालिएको हो । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसमेत सहभागी थिए ।


प्रकाशित : माघ २, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?