कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेराल्डका ६७ विद्यार्थी दीक्षित

काठमाडौँ — बेलायतको उल्भरहेम्टन विश्वविद्यालयबाट सम्बन्धन लिएर काठमाडौंको हाडी गाउँमा सञ्चालित हेराल्ड कलेजका ६७ विद्यार्थी दीक्षित भएका छन् । बिएससी अनर्स कम्प्युटर साइन्स कोर्स पूरा गरेका विद्यार्थीलाई विश्वविद्यालयका सहउपकुलपति टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरे ।

हेराल्डका ६७ विद्यार्थी दीक्षित

सो क्रममा टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएको बताए । हेराल्डले चारवर्षे ब्याचलर अफ इन्टरनेसल बिजनेस म्योजमेन्ट र तीनवर्षे बिएससी अनर्स कम्प्युटर साइन्स कक्षा सञ्चालन गरिरहेको छ ।


कार्यक्रममा विश्वविद्यालयका अन्तरदेशीय शिक्षा प्रमुख डा क्रिस्टोफर डेनेटले दीक्षित विद्यार्थीले विश्वको कुनै पनि देशको शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने बताए । आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले कलेजमा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी, व्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको चर्चा गरे ।


‘यहाँ पढ्ने विद्यार्थी सूचना प्रविधि क्षेत्रमा अग्रस्थानमा छन्,’ उनले भने ।


प्रकाशित : मंसिर ५, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?