औषधि व्यवसायीलाई रिफ्रेसर तालिम
काठमाडौँ — नेपाल औषधि व्यवसायी संघ वाग्मती अञ्चल शाखाको आयोजनामा ललितपुरमा सात दिने रिफ्रेसर तालिम सुरु भएको छ ।
तालिममा उपत्यकासहित विभिन्न शाखाबाट १ सय ५० जना सहभागी भएको शाखाका कार्यवाहक अध्यक्ष ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । २०५४ सालदेखि रोकिएको तालिम तीन वर्षअघि पुनः सुरु भएको थियो ।
औषधि व्यवस्था विभागका कामु महानिर्देशक पानबहादुर क्षेत्री, संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठलगायतले व्यवसायीलाई समयसापेक्ष बनाउन तालिम गरिएको बताए ।
संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई सरकारकै १० वटा ईकाईले अनुगमन गरेर दुःख दिएको भन्दै असन्तुष्टि जनाए ।
प्रकाशित : कार्तिक २३, २०७६ १९:२८प्रतिक्रिया