१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

छेन्दुमा नेपाल चिनाउने फोटो प्रदर्शनी

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्राभलर फोटोग्राफर तथा वृत्तचित्र निर्देशक देवेन्द्रबहादुर शाहीले चीनको ऐतिहासिक सहर छेन्दुमा यसैसाता नेपाल चिनाउने तस्बिर प्रदर्शनी गरेका छन् ।

छेन्दुमा नेपाल चिनाउने फोटो प्रदर्शनी

शाहीले १० वर्ष नेपालका विभिन्नस्थान घुमेर खिचेका ५० भन्दा बढी तस्बिरहरु प्रदर्शनीमा राखेका थिए ।


नेपालको संस्कृति, भेषभुषा, जनजीवन र मनोरम दृष्यले चिनियाँहरुलाई लोभ्याएको शाहीले बताए । ‘नेपालका फरक तस्बिर देखेर उनीहरुले धेरै प्रश्न पनि गरे’ उनले भने ।


चीन सरकार, सिचुवान इन्टरनेशनल कल्चरल एक्सेन्ज सेन्टर तथा यन्वा जिन्साको आयोजानामा फोटो प्रदर्शनी भएको हो ।


लाखौं चिनियाले विभिन्न देशका तस्बीर समेटिएको प्रदर्शनी अवलोकन गरेका थिए । सिचूवान प्रान्तका मन्त्री, मेयर, व्यापारी, प्रतिष्ठित व्यक्तिहरुले समेत तस्बिर चासोपूर्वक हेरेका थिए ।


शाहीले आफूले बनाएको वृत्तचित्र समेत देखाएका थिए । प्रदर्शनीले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?