एभरेस्ट २५ औं वर्षमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट बैंकले लाजिम्पाटस्थित आफ्नो प्रधान कार्यालयमा नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको २५ औं स्थापना दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्यजाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गोदावरी फूल प्रदर्शनी सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसनले आयोजना गरेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०७६’ शुक्रबारदेखि सुरु भएको छ ।

ललितपुर जावलाखेलको खेल मैदानमा भइरहेको प्रतियोगितात्मक प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले गरेका थिए । नेपालमा पुष्प व्यवसायको सन्दर्भमा फूलको व्यावसायिक खेती फस्टाउँदो रहे पनि यस क्षेत्रको विकास गर्न बाँकी रहेको उनले बताए ।

‘पुष्प व्यवसायका लागि चाहिने विभिन्न जाति तथा प्रजातिहरूका बिरुवाहरूको आधुनिक र वैज्ञानिक रूपमा खेती गर्न आवश्यक रहेको छ,’ उनले उद्घाटन समारोहमा भने, ‘आयातको मात्रालाई न्यून गर्न र निर्यातलाई प्रवर्द्धन गर्नेबारे राष्ट्रिय नीतिमा समावेश हुन आवश्यक रहेको छ ।’

मेलाहरूको आयोजना गर्दा कसरी गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँचको विस्तारको सन्दर्भमा कस्तो खालको योजना बनाउने विषयमा उनले आफ्नो धारणा व्यक्त गरेका थिए । पुष्प व्यवसायको क्षेत्रलाई अहिलेसम्म निजी क्षेत्रले नै अगाडि बढाइरहेको यसमा फूलको जातीय विकास कसरी गर्ने र कस्ता वैज्ञानिक संरचना चाहिन्छन् भन्ने विषयमा संघले सघाउन सक्ने उनले बताए ।

‘यसबारे संघले प्रतिवेदन तयार गरी आर्थिक हिसाबले यी कार्यक्रमहरूमा कस्तो सहयोग चाहिन्छ, कसरी अगाडि बढाउँदा ठीक हुन्छ, त्यसका लागि तत्कालै सोच्नेछौं,’ उनले भने, ‘यसको बजेटका लागि त्यति ठूलो समस्या छैन, त्यसका लागि केही नीतिगत बाधा छन् भने हटाउन सकिन्छ ।’

प्रकाशित : कार्तिक २, २०७६ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT