गण्डकी विश्वविद्यालय विधेयक प्रमाणीकरण

कान्तिपुर संवाददाता

गण्डकी — गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक सोमबार प्रमाणिकरण गरेका छन्  । विधेयक असोज ८ को प्रदेशसभा बैठकले पारित गरेको थियो  ।

पारित विधेयकलाई असोज १४ मा गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ को व्यवस्था बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पहेंलो कार्ड ‘कामविहीन’

कान्तिपुर संवाददाता

कास्की — हेर्दा हृष्टपुष्ट देखिन्छन्, बोली टाठो छ  । झट्ट हेर्दा उनी अशक्त जस्ता देखिँदैनन्  ।  पोखरा–२४ पामेका ३६ वर्षीय गोविन्द परियारको जीवनको कथा भने बेग्लै छ । उनले ९ महिनाअघि महानगरबाट अपांग परिचयपत्र बनाउँदा पहेलो कार्ड पाएका थिए । तर यो कार्ड उनका लागि कुनै अर्थ छैन । पहेंलो कार्डले सवारी साधनमा यात्रा गर्दा केही प्रतिशत छुट हुनु हो तर उनी बसमा हिंड्न सक्दैनन् ।

न त कुनै व्यापार व्यवसायमा संलग्न न त अन्य कुनै काम गर्न सक्छन् । कारण, उनका दुवै खुट्टा सुक्दै गएका छन् । सिलाइबुनाइको सीप छ तर भर पाउँदैनन् । ‘मेसिन चलाउन सक्दिनँ । उभिनबस्न समेत खुट्टा र ढाडका समस्याका कारण हुँदैन,’ उनले भने, ‘कार्ड सिरानीमै थन्किएको छ ।’ पहेंलो कार्डले थोरै भए पनि पैसा पाइएला भनेर चुप लागेर लिएर आएको उनी सुनाउँछन् ।

उनी १३ वर्षअगाडि मलेसियामा कार दुर्घटनामा परेका थिए । त्यसमा कम्मरदेखि तल असर परेको थियो । आर्थिक अवस्थाले उपचार गर्न सकेनन् । ५ वर्षदेखि यता उनका हातखुट्टाले काम गर्न छाडेपछि अरुका सहारामा बाँच्दै आएका छन् । परियारलाई एक ठाउँदेखि अर्को ठाउँमा पुग्न समेत अरूको सहारा चाहिन्छ, । शरीर पनि दुखिरहने भएकाले दिनहुँ पेन्किलर खानुपर्छ । रातो कार्ड पाए त्यसले थोरै भए पनि राहत हुने उनका छिमेकी पामे सिर्जनशील आमा समूहकी सल्लाहकार शान्तिदेवी तिमिल्सिना सुनाउँछिन् ।

डाक्टरको सिफारिसका आधारमा रातो, पहेंलो, निलो र सेतो गरी ४ थरीका अपांगता भएका व्यक्तिलाई परिचय कार्ड दिइने पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । ‘परियारलाई पुनः भेटेर अवस्था हेरी त्यही अनुसार परिचय कार्ड दिइने गुरुङले बताइन् । रातो पूर्ण अशक्त, निलो आंशिक अशक्तलाई दिइन्छ । रातो कार्ड पाउनेले सेवासुविधा साथै मासिक ३ हजार पाउँछन् भने निलो लिनेले महिनामा १६ सय पाउँछन् ।

सेतो, र पहेंलो कार्ड आरक्षणका साथै केही प्रतिशत छुटलगायत सेवासुविधा मात्र पाइन्छ । पैसाको व्यवस्था हुँदैन । परियारले आफन्त शेरबहादुर परियारको सहारा लिँदै आएका छन् । आर्थिक अवस्थाका कारण शेरबहादुरले राख्न नसक्ने बताउँछन् । ‘यसअघि जसोतसो उनलाई राख्दै आएँ, आफ्नै घरपरिवारलाई छाक टार्न धौधौ छ,’ शेरबहादुरले भने, ‘उनलाई मन भए पनि धन नभएकाले साथमा राख्न नसकेको हो ।’ शेरबहादुरका अनुसार छुट्टै घर र उनलाई खर्च जुटे अरू कपडा धुने खाना बनाएर खुवाउनेलगायत सहयोग गर्न सकिन्छ ।

परियारलाई आफन्तले राख्न नसकेपछि पामे सिर्जनशील आमा समूहको पहलमा दुईकोठे ब्लकको घर बनाइदिएका छन् । घरदैलो गरेर जुटाएको पैसाले घर बनाएको समूहकी कोषाध्यक्ष लक्ष्मी सुवेदी त्रिपाठी बताउँछिन् । ‘पैसा थोरै भएकाले घर पूरा हुन सकेको छैन’, कसैले सहयोग गरे, घर पूरा हुन्छ,’ उनले भनिन् । परियारकी आमा सानैमा छाडेर अन्तै बिहे गरेर गएकी थिइन् । उनी १७ वर्षको उमेरमा विवाह गरी २१ वर्षमा रोजगारीका लागि मलेसिया गएका थिए ।

६ वर्षपछि घर फर्कंदा श्रीमती पनि छाडेर अर्कैसँग गएको र दुई छोराछारी मावलतिरै बसेकाले घर आउन नमानेको उनी बताउँछन् । उनका बुबा ७ वर्षअघि बितेपछि उनी अफन्तसँग बस्दै आएका थिए । बासको व्यवस्था स्थानीय आमा समूहले गरे पनि बिहानबेलुका छाक टार्न उनलाई समस्या छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT