३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

युरोप शिक्षा सेमिनार सुरु

काठमाडौँ — युरोपियन युनियन (ईयु) ले नेपाली विद्यार्थीलाई पश्चिमा शिक्षा पद्दतीबारे जानकारी दिन ‘एशियाका लागि इरासमस प्लस क्षेत्रीय सेमिनार’ काठमाडौंमा सुरु गरेको छ । 

युरोप शिक्षा सेमिनार सुरु

बुधबार सुरु भएको दुई दिने सेमिनारमा युरोपेली देशको शिक्षा पद्दतीका बारेमा नेपाली युवाहरुलाई जानकारी दिलाउने र उच्च शिक्षाका अवसरहरुबारे सूचना दिने युरोपियन युनियनको योजना छ ।


ईयुले सन् २०२० सम्मका लागि नेपाली छात्रछात्राहरुलाई वर्षेनी छात्रवृत्ति दिएर युरोपका विभिन्न देशहरुमा पढ्ने अवसर प्रदान गर्दै आइरहेको छ । यस वर्षका लागि हालै २० युवाहरु यसका लागि छनौटमा परी अध्ययनार्थ युरोप गएका छन् ।


काठमाडौंमा सुरु भएको दुई दिने सेमिनर दक्षिण एशियामै पहिलो आयोजना भएको ईयुले जनाएको छ ।


‘इरासमस प्लसले एकातिर सबै उमेरका व्यक्तिहरुलाई युरोपका विभिन्न देशमा पढ्ने र ज्ञान आर्जन गर्ने अवसर उपलब्ध गराउँछ भने अर्कातिर विश्वविद्यालय, थिङ्क ट्याङ्क, अनुसन्धान केन्द्र र निजी व्यवसायीक संगठनलाई पनि विभिन्न अवसर प्रदान गर्छ’ उद्घाटन सत्रमा बोल्दै ईयुकी राजदूत भेरेनिका कोडीले भनिन्, ‘आजको कार्यक्रम व्यक्तिहरुका लागि भन्दा बढी संघ संस्थाहरुका लागि बढी केन्द्रीत छ ।’

प्रकाशित : आश्विन ९, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?