कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दरको खर्च कटाएर बालबालिकाको उपचारमा सहयोग 

काठमाडौँ — लायन्स क्लब अफ आरम्म देउरालीमा आबद्ध महिलाहरुले तीजको दरका लागि हुने खर्च कटाएर बिरामी बालबालिको उपचारका लागि सहयोग गरेका छन् । बाल अस्पतालमा उपचाररात तीन बालबालिकाका लागि ५० हजार रुपैयाँ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

दरको खर्च कटाएर बालबालिकाको उपचारमा सहयोग 

आर्थिक अभावमा उपचारका लागि समस्या भोगिरहेका बालबालिका लागि उनीहरुले अस्पतालमै पुगेर रकम हस्तान्तरण गरेको क्लबकी अध्यक्ष गीता शर्मा चापागाइले बताइन् । सहयोग रकम पाउनेमा जुम्लाका २ वर्षीय आशिष जैसी, चितवन जिल्लाका ६ वर्षीय मिचवा चेपाङ र सिन्धुली जिल्लाका ११ वर्षीय निशा भित्रीकोटी छन् ।


उनीहरुले मेडिकल वार्डमा रहेका ५० बिरामीका लागि फलफूल र जुस पनि वितरण गरेका थिए ।


प्रकाशित : भाद्र ३, २०७६ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?