१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अन्तर्राष्ट्रिय शान्तिवादी संस्थामा नेपाली युवा

कान्तिपुर संवाददाता

विराटनगर — शान्ति तथा अहिंसा अभियानकर्मी नेपाली युवा सुभाषचन्द्र कट्टेल अन्तर्राष्ट्रिय शान्तिवादी संस्था ‘वार रेसिस्टर्स इन्टरनेशनल’ को सञ्चालक परिषद्मा चुनिएका छन् ।

अन्तर्राष्ट्रिय शान्तिवादी संस्थामा नेपाली युवा

साउन १७ र १८ गते कोलम्बियाको बोगोटामा भएको सम्मेलनबाट उनी उक्त संस्थाको अन्तर्राष्ट्रिय परिषद् र कार्यसमितिमा निर्वाचित भएका हुन् । संस्थामा विभिन्न मुलुकका १२ जना सहभागी परिषद् र ५ जनाको कार्यसमिति चयन भएको छ ।


उक्त संस्था सन् १९२१ मा स्थापित सबै किसिमका युद्धमुक्त विश्वका लागि काम गर्ने शान्तिवादी संस्था हो । ४० भन्दा बढी देशमा यसका सयौं संस्था सदस्य छन् । ती संस्थाले आफ्नो देशमा न्याय र शान्तिका लागि अहिंसात्मक अभियान चलाइरहेका छन् ।


युद्ध, हिंसा, अन्याय, दमन र शोषणको विरुद्धमा ती संस्थाको अभियान केन्द्रीत रहेको संस्थाले जनाएको छ । उक्त संस्थाले शान्ति र अहिंसाबारे सर्वसाधारणलाई सचेत गराउँदै आएको छ ।

प्रकाशित : श्रावण २०, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?