गरिब दासीय प्रधानाचार्यको निधन

कान्तिपुर संवाददाता

काठमाडौँ — हिन्दू पद्धतीमा गरिब दासीय सम्प्रदायका प्रधानाचार्य महामण्डलेश्वर डा.श्यामसुन्दर दास शास्त्रीको ९८ वर्षको उमेरमा बुधबार राति हरिद्वार आश्रममा निधन भएको छ । 

भारतमा बसेर संस्कृत विषयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संरक्षण संस्था नेपाली छात्र परिषद्का संरक्षक शास्त्री हरिद्वारमा गरिब दासीय विद्यालय, धर्मशाला आदि सामाजिक निकायका संस्थापक हुन्।

हरिद्वारस्थित नेपाली समाजका अभियन्ता पुष्पराज पाण्डेयका अनुसार, हरिद्वार–ऋषिकेशस्थित नेपाली समाजले बिहीबार शास्त्रीको निधनमा शोकसभाको आयोजना गरेको थियो। शास्त्रीको बिहिबारै अन्तिम संस्कार सम्पन्न भएको छ।

प्रकाशित : श्रावण १६, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चार्ज गरिरहेको मोबाइल चलाउँदा १ किशोरको मृत्यु

रासस

मोरङ — मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको बिहीबार बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : श्रावण १६, २०७६ १६:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT